बिग बोस का १६ जना विजेता के गर्दैछन् अहिले ?

नेपालभ्युज

बिग बोस का १६ जना विजेता के गर्दैछन् अहिले ?

एजेन्सी । विवादास्पद रियालिटी सो बिग बोसमा अहिलेसम्म जो विजेता रहेका छन् ती अहिले के गर्दैछन् भनेर तपाईंलाई पनि चासो हुन सक्छ ।

विजेता मात्र नभएर अन्य जो प्रतियोगी हुन्छन् उनीहरुको पनि बलिउड तथा अन्य क्षेत्रमा भविश्य उज्वल भएको देखिन्छ । तर जो विजेता छन् अहिलेसम्मका उनीहरु के गर्दैछन् जानौं एक एक का बारेमा ।

– बिग बोसका पहिलो सिजनका विजेता राहुल राय सन् २०२० मा आएको फिल्म आगरा मा देखिएका थिए । अहिले उनी लाइमलाइटबाट टाढा छन् ।
– बिग बोस २ का विजेता आशुतोष कौशिक अहिले रेस्टोरेन्ट चलाइरहेका छन् ।

– त्यस्तै बिग बोस ३ का विजेता विन्दु दारा सिंह फिल्म सन अफ सरदारमा देखिएका थिए । उनी कैयौंपटक बिग बोसमा पाहुनाको रुपमा पनि देखिएका छन् ।

– बिग बोस ४ की विजेता श्वेता तिवारी हिन्दी सीरियल मै हुँ अपराजितामा देखिएकी थिइन् । उनी टेलिभिजनको दुनियाँमा छाइरहेकी छन् ।

– जुही परमार बिग बोस ५ की विजेता थिइन् । उनी सीरियल हमारी वाली गुड न्यूजमा देखिएकी थिइन् ।

– बिग बोस ६ की विजेता उर्वशी ढोलकिया अन्तिमपटक नागिन सीरियलको हिस्सा रहेकी थिइन् ।

– बिग बोस ७ की विजेता गौहर खान फिल्म क्षेत्रमै काम गर्छिन् । अहिले भने उनी आफ्नो बच्चासँग समय बिताइरहेकी छन् ।

– बिग बोस ८ का विजेता गौतम गुलाटी रियालिटी शो रोडिजका हिस्सा छन् ।

– प्रिन्स नरुला बिग बोस ९ का विजेता हुन् । उनी पनि रोजिडमा देखिइरहेका छन् ।

– बिग बोस १० का विजेता मनवीर गुर्जर अहिले लाइमलाइटबाट टाढा छन् ।

– बिग बोस ११ की विजेता शिल्पा शिन्दे अन्तिमपटक सीरियल म्याडम सरमा देखिएकी थिइन् ।

– बिग बोस १२ की विजेता दीपिका कक्कड अभिनयदेखि टाढा छन् । अहिले उनी आफ्नो बच्चासँग घरमै समय बिताइरहेकी छन् ।

– त्यस्तै बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको भने अचानक हृदयघातका कारण निधन भइसकेको छ ।

– बिग बोस १४ की विजेता थिइन् रुबिना दिलैक । उनी अन्तिम पटक शक्ति सीरियलको दोस्रो भागमा देखिएकी थिइन् ।

– बिग बोस १५ की विजेता तेजस्वी प्रकाश नागिन ६ सीरियलमा देखिएकी हुन् ।

– एमसी स्टेन बिग बोस १६ का विजेता बने । उनी बिग बोस ओटीटी २ को प्रीमियर नाइटमा पनि देखिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved