काठमाडौं क्रिकेट संघमा पारसको इन्ट्री

नेपालभ्युज

काठमाडौं क्रिकेट संघमा पारसको इन्ट्री

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

काठमाडौं जिल्ला क्रिकेट संघको आज भएको निर्वाचन प्रक्रियाअन्तर्गत कार्यसमितिका लागि पारससहित सबै निर्विरोध निर्वाचित भएका हुन्।
क्यानको केन्द्रीय निर्वाचन आगामी ५ र ६ असोजमा हुँदै छ।

बागमती प्रदेशमा निर्वाचन लड्ने तयारीमा रहेका पारसका लागि यो निर्वाचन निकै महत्वपूर्ण मानिएको थियो।

अध्यक्षमा दिवाकर घले, उपाध्यक्षमा अजयवीर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विणितध्वज चन्द निर्विरोध चयन भएका छन्। जिल्ला सदस्यहरूमा पारससहित मनीषकुमार उपाध्याय, अमृता पौडेल, वसन्तराज सत्याल, विजयकुमार शर्मा, रितेश डंगोल, रमण श्रेष्ठ, शाश्वत शर्मा, ज्योतिकमल गुरुङ, हिमालराज गिरी र धीरेन्द्रलाल श्रेष्ठ चयन भएका छन्।

काठमाडौं संघअन्तर्गत ३६ सदस्यले १५ सदस्यीय जिल्ला समिति चयन गर्ने व्यवस्था छ। क्यानको केन्द्रीय निर्वाचन आगामी ५ र ६ असोजमा हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved