कांग्रेस नेता सिंह भन्छन्- पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ

नेपालभ्युज

कांग्रेस नेता सिंह भन्छन्- पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ प्रदेश (क)ले आयोजना गरेको ‘प्रदेश सम्मेलन’मा नेता सिंहले कांग्रेस बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताएका हुन् ।

‘पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उहाँहरुको समस्या समाधानमा लागेमात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ’, उनले भने ।

नेता सिंहले पार्टीभित्र चुनौती बढेको भन्दै पार्टीका सबै तह र संरचनालाई विधि, पद्धति र नियमबाट अगाडि बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर परिणाम धेरै आउने गरी काम गर्न उनले सुझाव दिए ।

पूर्वउपप्रधानमन्त्री सिंहले भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने धारणा राखे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले पार्टीको केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना गरेमात्र पार्टी थप बलियो र मजबुद हुने भनाइ राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved