अर्थमन्त्रीबाट निर्माणमा बजेटको सुनिश्चितता खोजेका हौं : निर्माण व्यवसायी

नेपालभ्युज

अर्थमन्त्रीबाट निर्माणमा बजेटको सुनिश्चितता खोजेका हौं : निर्माण व्यवसायी

काठमाडौं। निर्माण व्यवसायीहरूलाई भुक्तानी दिनुपर्ने लगायतका ९ बुँदे माग राख्दै निर्माण व्यवसायीहरूले आन्दोलन गरेका छन्। मंगलबार उनीहरूले ललितपुरस्थित सडक विभागको कार्यालयअघि भेला भई धर्ना दिएका हुन् । व्यवसायीहरूले आन्दोलन गरेको १७ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरूका आवाज नसुनेको गुनासो गरेका छन् ।

उनीहरूले सोमबार अर्थमन्त्रीले सिंहदरबारमा बोलाएर आफूहरूसँग वार्ता गरे पनि अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०-०८१ को विनियोजित बजेटमार्फत पनि भुक्तानी गर्न नसक्ने भए सम्बन्धित मन्त्रालयले वितरण पेस गरे सबै भुक्तानी गर्ने बताएका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मन्त्री महतले सरकारले व्यवसायीहरूलाई गर्नुपर्ने भुक्तानीको दायित्व पूरा गर्न तयार रहेको र सम्बन्धित मन्त्रालयले बाँकी भुक्तानीको विवरण पेस गरेसँगै सबै भुक्तानी हुने बताएको जानकारी  दिए ।

अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरूलाई रकम भुक्तानी गर्ने नभई देशभरका निर्माण कार्यको बजेट निकासा र बजेट सुनिश्चितता गर्नुपर्ने बताए ।

म्याद थप गरिएका आयोजनाको कति रकम बाँकी हुन्छ भन्ने सोचेर त्यसको भुक्तानी तालिका निर्माण व्यवसायीहरूलाई दिनुपर्ने बताउँदै उनले भुक्तानीको तालिका नबनाएसम्म मुलुकले लिएको लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गरे । उनले अर्थमन्त्रीले प्रत्येक निर्माण कार्यको विवरण बुझेर मात्रै भुक्तानी गर्ने भनेको केन्द्रीकृत शासन प्रणाली सुरु गर्नु रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved