उत्तरी म्यानमारमा पहिरो जाँदा दुई जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

नेपालभ्युज

उत्तरी म्यानमारमा पहिरो जाँदा दुई जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

याङगुन। उत्तरी म्यानमारको काचिन राज्यमा आ‍इतबार गएको जेड खानीको पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन्।

पहिरोमा अन्य ३० जनाभन्दा बढी बेपत्ता भएको स्थानीय प्रहरीले सोमबार साँझ बताएका छन्।

पहिरो आइतबार स्थानीय समयअनुसार दिउँसो ३ बजेतिर गएको काचिन राज्यको हपाकान्त टाउनसिपको माना गाउँ नजिकैको जेड खानीमा रहेको हपाकान्त टाउनसिपका एक प्रहरी अधिकृतले बताए।

काचिन राज्यमा विशेषतः हापाकान्त खानी क्षेत्रमा ठूलो पहिरो जाने गर्दछ।

यसअघि, जुलाई २०२० मा हपाकान्त क्षेत्रमा गएको पहिरोका कारण १७४ जनाको मृत्यु भएको थियो भने ५४ जना घाइते भएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved