एल्विश यादव बने बीग बोस ओटीटी २ को विजेता

नेपालभ्युज

एल्विश यादव बने बीग बोस ओटीटी २ को विजेता

काठमाडौं। विवादित रियालिटी शो बिग बोस ओटीटी २ को विजेता एल्विश यादव बनेका छन्। यस शोमा पहिलो पटक वाइल्ड कार्ड कन्टेस्टेन्ट एल्विश यादवले ट्रफी आफ्नो नाम हुन्।

एल्विश यादवले अभिषेक मल्हानलाई कडा टक्कर दिए। अभिषेक बिग बोस ओटीटी २ को आठ हप्ताको लामो यात्रा तय गरेर फस्ट रनर अप बनेका छन्। विजेता बनेपछि एल्विश यादवले ट्रफीसँगै २५ लाख रुपैयाँ पाएका छन् ।

एल्विश यादवले रचे इतिहास

बिग बोस ओटीटी २ को घरमा आउने बित्तिकै एल्विश यादवको चारैतिर चर्चा थियो। एल्विशले शो मा वाइल्ड कार्ड कन्टेस्टेन्टको रूपमा प्रवेश गरेका थिए।

शो मा एल्विश यादव र अभिषेक मल्हानको भाइचारा पनि एकदमै मन पराइएको थियो। एल्विशले लगातार शो मा अभिषेकलाई सपोर्ट गरेको देखिन्थे। तर, अन्तिम एक हप्ता भने उनीहरुबीच एकदमै बहस भएको थियो।

अभिषेक मल्हानले भनेका थिए कि वाइल्ड कार्डलाई विजेताको रूपमा देखिन्न । एल्विशलाई यही कुरा नराम्रो लागेको थियो, जसले गर्दा दुवैबीच दरार उत्पन्न भएको थियो ।

विजेताले पाउने रकम घट्दो क्रममा

बिग बोसमा विजेताले पाउने रकम घट्दो क्रममा छ। सुरुआती चरणमा करोडौँमा पाउने रकम अहिले घटेर २५ लाखमा सीमित भएको छ।

सीजन अनुसार यसको रकममा हेरफेर पनि भएको देखिन्छ। बिग बोस एकका विजेता रहेका राहुल रोयले एक करोड रुपैयाँ पाएका थिए।

दोस्रो विजेता आशुतोष कौशिक, तेस्रो विजेता दारा सिंह, बिग बोस ४ की विजेता श्वेता तिवारी, पाँचौँ विजेता जुही परमारसम्म यसको रकम एक करोड नै थियो। त्यसपछि यसको रकम घट्न थाल्यो।

बिग बोस ६ की विजेता उर्वशी ढोलकियालाई ५० लाख रकम दिइएको थियो। बिग बोस ७ कि विजेता गौहर खान, आठका गौतम गुलाटी, ९ का प्रिन्स नरुला, १० का मनवीर गुर्जर, ११ कि शिल्पा शिन्देले पनि ५० लाख रुपैयाँ पाएका थिए।

त्यसपछि यसको रकम फेरि घट्यो । बिग सिजन ११ जितेका दीपिका कक्कडले ३० लाख रुपैयाँ पाएकी थिइन्। १३ का विजेता सिद्धार्थ शुक्लाले ४० लाख रुपैयाँ पाएका थिए। १४ मा जितेकी रुबीना दिलैकले भने ३६ लाख रकम पाएकी थिइन्। त्यसपछि पुनः बिग बोस १५ की विजेता तेजस्वी प्रकाशलाई ४० लाख रुपैंया दिइएको थियो।

एमसी स्टैनले बिग बोस १६ जितेर ३१ लाख रुपैयाँ पाएका थिए। दिव्या अग्रवालले बिग बोस ओटीटी २ जितेर २५ लाख रुपैयाँ पाएकी थिइन्। यसरी नै बिग बोस ओटीटी २ का विजेता एल्विश यादवले २५ लाख रकम पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved