भारतले ७७ औं स्वतन्त्रता दिवस मनाउँदै

नेपालभ्युज

भारतले ७७ औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी। भारतले ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लामा झण्डा फहराएका छन् ।

मोदीले राष्ट्रका नाममा सम्बोधन पनि गरेका छन्। लालकिल्लामा भएको कार्यक्रममा मन्त्रिपरिषद्का मन्त्रीहरु, राजनीतिक दलका नेताहरु, तीनै तहका प्रमुख तथा कर्मचारीहरुको समेत उपस्थिति छ ।

केही समय अघि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जनतालाई स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए।

उनले लेखेका छन्, ‘तपाईंहरू सबैलाई आजको दिनको धेरै धेरै शुभकामना। आउनुहोस्, यस ऐतिहासिक अवसरमा अमृतकलमा विकसित भारतको संकल्पलाई बलियो बनाउनुहोस्। जय हिन्द!”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved