यी हुन् बलिउडका सबैभन्दा धेरै कमाइ गर्ने फिल्म

नेपालभ्युज

यी हुन् बलिउडका सबैभन्दा धेरै कमाइ गर्ने फिल्म

एजेन्सी । बलिउडका कैयौं यस्ता फिल्म छन् जसलाई दर्शकले एकदमै धेरै माया दिए र यी फिल्महरूका लागि फिल्म हलहरूको बाहिर लामो लाइन लाग्यो । आज हामी तपाईंलाई ती फिल्महरूका बारेमा बताउने छौं जसले बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गरेका छन् ।

दंगल

आमिर खानको फिल्म ‘दंगल’ सन् २०१६ मा आएको थियो । यस फिल्मले सबैभन्दा धेरै कमाइ गर्ने रेकर्ड बनाएको थियो । यस फिल्मको विश्वभरको कलेक्सन १९२४ करोड छ ।

बाहुबली

एसएस राजामौलीको फिल्म ‘बाहुबली-२’ ले सन् २०१७ मा बक्स अफिसमा आउनेबित्तिकै धमाका मच्चायो । यस फिल्मले विश्वभर १७४९ करोडको कलेक्सन गरेको छ ।

आरआरआर

यस लिस्टमा तेस्रो नाम छ एसएस राजामौलीकै फिल्म ‘आरआरआर’ । यस फिल्मको संसारभरको कमाइ १२२४.५ करोड रहेको छ ।

केजीएफ च्याप्टर २

प्रशान्त नीलद्वारा निर्देशित सन् २०२२ को फिल्म ‘केजीएफ च्याप्टर-२’ लाई पनि सबैले मन पराएका थिए । यसले १२०७.९ करोड संसारभर कलेक्सन गरेको थियो ।

पठान

शाहरुख खान र दीपिका पादुकोणको फिल्म ‘पठान’ विवादका बीच पनि कमाइको आँकडामा अगाडि रह्यो । यस फिल्मले संसारभर १०४६.५ करोडको कमाइ गरेको छ ।

बजरंगी भाइजान

सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको छैटौं नम्बरमा छ, सलमान खानको ‘बजरंगी भाइजान‘ । यस फिल्मलाई पनि एकदमै रुचाइएको थियो । यसले संसारभरबाट ८५८.८ करोड कमाई गरेको थियो ।

पीके

आमिर खानको फिलम ‘पीके’ पनि सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको लिस्टमा पर्छ । यसको संसारभरको कलेक्सन ७४२.३ करोड रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved