संसद् बैठक

सुनिल शर्माले सरकारलाई आतंककारी भनेकोमा माओवादीको आपत्ति

नेपाली कांग्रेसका सांसद् सुनिल शर्माले ‘सरकारले आतंककारीको नेतृत्व गरिरहेको छ’ भनेकोप्रति माओवादी केन्द्रले नियमापत्ति जनाएको छ ।

नेपालभ्युज

सुनिल शर्माले सरकारलाई आतंककारी भनेकोमा माओवादीको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद् सुनिल शर्माले ‘सरकारले आतंककारीको नेतृत्व गरिरहेको छ’ भनेकोप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

आजको संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसका सांसद् शर्माले बैठकको सुरुमा बोल्दै सरकारलाई ‘आतंककारी’ भनेका हुन् । नक्कली प्रमाणपत्र प्रकरणमा सीआईबीले पक्राउ गरी अमानवीय व्यवहार गरेको भन्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved