‘दोहोरी आइकन’ को फिजिकल अडिसन मंगलबारदेखि

नेपालभ्युज

‘दोहोरी आइकन’ को फिजिकल अडिसन मंगलबारदेखि

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को फिजिकल अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । श्रावण ३० गते मंगलबारदेखि चावहिलस्थित एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाएको हो ।

यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ । शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी छन् ।

फिजिकल अडिसन सुरु हुन लागेको बताउँदै आयोजकले केही महिनापछि शोको प्रसारण सुरु हुने बताएको छ ।

आयोजकका अनुसार ‘शो’ मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गरिन लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved