अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन

नेपालभ्युज

 अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन

ब्युनस। अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ। देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयहरूमा स्थापना गरिएको मतदान केन्द्रहरूमा निर्वाचन गरिएको थियो।

आगामी २२ अक्टुबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आइतबार प्राथमिक निर्वाचन गरिएको हो। राष्ट्रपति पदको उम्मेदवार बन्न १७ जना बढी विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरूले प्राथमिक निर्वाचनमा भाग लिएका थिए।

करिब ३ करोड ५३ लाख ९४ हजार ४२५ अर्जेन्टिनावासीहरूलाई मतदानका लागि बोलाइएको थियो।

अर्जेन्टिनामा अनिवार्य मतदान गर्नुपर्ने नियम छ। मतदाताहरुले २०२३-२०२७ को राष्ट्रपतिको कार्यकालका लागि १७ जना राष्ट्रपति पदका आकांक्षीहरू र उनीहरूको दौडमा रहेका प्रतिष्पर्धीहरूबाट आफ्नो देशको राष्ट्रपति चयन गर्न सक्नेछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved