कांग्रेस बैठक : बोल्न नपाए विद्रोह गर्ने सुनिल शर्माको चेतावनी

नेपालभ्युज

कांग्रेस बैठक : बोल्न नपाए विद्रोह गर्ने सुनिल शर्माको चेतावनी

काठमाडौं। संसदीय दलको बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ‘बोल्न नपाए विद्रोह गर्ने’ चेतावनी दिएका छन् । नक्कली सर्टिफिकेट प्रकरणमा अदालतको आदेशपछि थुनामुक्त हुँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका सांसद शर्माले दलको बैठकमा ‘बोल्न नपाए विद्रोह गर्ने’ चेतावनी दिएका हुन् ।

आफूले संसदमा पटक–पटक समय माग्दा पनि बोल्न नपाएको गुनासो गर्दै सांसद शर्माले विद्रोहको चेतावनी दिएका हुन् । उनले संसदमा बोल्न समय नपाएपछि मिडियामा बोल्न बाध्य भएको पनि बताएका छन् ।

उनले सुन तस्करी प्रकरणमा खरोसँग गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेका छन् ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे समेत छलफल भएको छ । बैठकमा सांसद प्रदीप पौडेलले चर्चित भ्रष्टाचार प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न प्रधानमन्त्री तयार नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव राखेका हुन् ।

त्यस्तै बैठकमा नेपाली कांग्रेसका सांसद डा। शेखर कोइरालाले पनि सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।

कांग्रेस बैठकमा अधिकांश सांसदहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved