दोहोरो अंकले बढ्यो नेप्से

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं।  आइतबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले वृद्धि  भएको छ । गत बिहीबारको तुलनामा नेप्से ०.७१ प्रतिशतले वृद्धि भएको हो । आइतबार उत्पादनमूलक, लघुवित्त र वित्त कम्पनी र अन्य उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचमा वृद्धि भएको छ ।

आजको कारोबारमा थ्रि स्टार हाइड्रोपावर लिमिटेड सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफा कमाउनेमा रहेको छ भने घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वाधिक गुमाएको छ ।

आज नेप्सेमा ३ अर्ब बढीको कारोबार भएको छ । ९५ हजार ९६५ वटा कारोबारमा ९७ लाख १८ हजार ७५४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब १ करोड ८५ लाखको कारोबार भएको हो ।

आइतबार बजारमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १०० कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ११७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved