बिग बोसको विजेता घोषणा हुँदै, अभिषेक र एल्विशमा कसले पाए धेरै भोट ?

नेपालभ्युज

बिग बोसको विजेता घोषणा हुँदै, अभिषेक र एल्विशमा कसले पाए धेरै भोट ?

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको विवादास्पद रियालिटी शो बिग बोस ओटीटी २ सकिन केही घण्टा मात्र बाँकी छ । यस शो को विजेता सोमबार घोषणा हुँदैछ ।

यस सीजनको अन्तिम पाँचमा अभिषेक मल्हन, एल्विश यादव, मनीषा रानी, पूजा भट्ट र बेबिका धुर्वे छन् । तर, कडा टक्कर भने अभिषेक मल्हन र एल्विश यादवबीच देखिएको छ । अधिकांशले यी दुई मध्ये एक विजेता हुने अनुमान गरेका छन्।

दुवैका प्रसंशकले अहिले जोडदार रुपमा भोटिङ गरिरहेका छन् । पछिल्लो भोटिङ अनुसार एल्विशले अभिषेकलाई पछि पारेका छन् । त्यसअघि अभिषेक अगाडि थिए । रिपोर्टअनुसार एल्विशले करिब ८ मिलियन अर्थात ८० लाख भोट पाइसकेका छन् ।

अभिषेकको भोट सात मिलियनको हाराहारीमा छ । तेस्रो नम्बरमा मनीषा रानीको स्थान पक्का मानिएको छ । वोटिंग ट्रेन्डमा २१ लाख भन्दा बढी भोटसहित उनी तेस्रो स्थानमा चलिरहेकी छन् । चौथो नम्बरमा पूजा भट्ट छन् ।

उनलाई उपाधिको दाबेदार मानिएको थियो । तर, भोटमा भने पुजा एकदमै पछाडि छन् । बेबिका धुर्वे अन्तिममा छन् ।

बिग बोस ओटीटी २ मा एल्विश यादवले वाइल्ड कार्डबाट इन्ट्री पाएका थिए । शोमा आजसम्म कोही पनि वाइल्ड कार्डबाट प्रवेश गरेको प्रतिस्पर्धि विजेता बनेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved