म्यानमारमा भीषण वर्षा : ४५ हजार बढी मानिस विस्थापित

नेपालभ्युज

म्यानमारमा भीषण वर्षा : ४५ हजार बढी मानिस विस्थापित

यांगुन। म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरू विस्थापित भएका छन् । शुक्रबारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका हुन् ।

सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले हालसम्म सोम राज्यका तीन र राखिन राज्यका दुईजना गरी पाँच जनाको मृत्यु भएको बताए ।

मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् । विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १०९ वटा आश्रयस्थल स्थापना गरेको छ । अधिकांश आश्रयस्थलहरू मोन, केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको उनको भनाइ छ । राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण २ हजार १४६ घरपरिवारबाट १० हजार भन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा पुर्‍याएको बताइएको छ । साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरूको सम्बन्धविच्छेद् भएको बताइएको छ ।

त्यस्तै, लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा २ हजार ९७३ घरपरिवारका १२ हजार ४ सय ६१ जना आश्रयस्थलमा सर्न बाध्य भएका छन् । मौसम विज्ञान तथा जलविज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो ।

म्यानमारको मौसम एजेन्सीले शुक्रबार जारी गरेको अगस्टको १० दिने पछिल्लो पूर्वानुमान अनुसार अगस्ट ११ देखि २० सम्म देशका विभिन्न भागमा अय्यरवाडी नदी र चिन्दविन नदी लगायतका नदीको बहाव बढ्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved