अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : मन्त्री महत

नेपालभ्युज

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : मन्त्री महत

काठमाडौं।  अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन्। शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल अहिले विस्तारै विकासको बाटोमा अघि बढिरहेको बताए।

उनले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेशभन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको दाबी गरे।

उनले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आईटी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका लागि राम्रो अवसर दिएको बताए। उनले आईटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन आग्रह गरे।

उनले भने, ‘अहिले नेपाल पनि विस्तारै विकासको बाटोमा अघि बढेको छ। अहिले कोरोना भाइरसलगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन्। तर, यो अस्थायी हो र नेपाल अब अघि बढ्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved