यस्तो छ शाहरूख खानको फिल्म ‘जवान’ को पोस्टर 

नेपालभ्युज

यस्तो छ शाहरूख खानको फिल्म ‘जवान’ को पोस्टर 

काठमाडौं। बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को नयाँ पोस्टर सार्वजनिक भएको छ।

निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो। अभिनेता शाहरूखले पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘साहसी। चकित। खतरनाक।’

सार्वजनिक पोस्टरमा शाहरूख खान, नयनतारा र विजय सेतुपथीलाई प्रस्तुत गरिएको छ।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्।

जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्। हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved