कांग्रेस बैठक : सुन तस्करी छानबिनको जिम्मा संसदीय समितिलाई दिने प्रस्ताव

नेपालभ्युज

कांग्रेस बैठक : सुन तस्करी छानबिनको जिम्मा संसदीय समितिलाई दिने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल बैठकमा सुन तस्करी प्रकरण छानबिनको जिम्मा संसदको राज्य व्यवस्था समितिलाई दिने प्रस्ताव आएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरण छानबिनको जिम्मा राज्य व्यवस्था समितिलाई दिन सकिने प्रस्ताव गरेका हुन् ।

संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत प्रश्न सोध्न र निर्देशन दिन सकिने भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

बैठकमा संसदीय समितिलाई अधिकार दिएर अनुसन्धानको कार्य अघि बढाउने प्रमुख सचेतक लेखकले राखेको विकल्पमा अर्का सांसद दिलेन्द्र बडुले समर्थन जनाएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका उच्चस्तरीय आयोग गठनको माग गरिरहेका बेला कांग्रेसमा यस्तो प्रस्ताव आएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved