उदय शम्शेरदेखि आरजुसम्मले भने- कांग्रेस नेताप्रति सरकार निर्मम भयो, अब सोच्नुपर्छ

सरकारले नक्कली प्रमाणपत्र प्रकरणमा आफ्ना सांसद सुनिल शर्मालाई पक्राउ गरेकोप्रति नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।

नेपालभ्युज

उदय शम्शेरदेखि आरजुसम्मले भने- कांग्रेस नेताप्रति सरकार निर्मम भयो, अब सोच्नुपर्छ

काठमाडौं । सरकारले नक्कली प्रमाणपत्र प्रकरणमा आफ्ना सांसद सुनिल शर्मालाई पक्राउ गरेकोप्रति नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । संसद चलिरहेका बेला पुरानो केसमा अनायासै आफ्नो पार्टीका सांसद पक्राउ गर्नुलाई कांग्रेस नेताहरुले सुनियोजित भएको शंका गरेका छन् ।

यसअघि पनि छानी–छानी कांगेस नेता पक्राउ परेको भन्दै नेताहरुले पार्टी केन्द्रको ध्यानाकर्षण गराएका छन् । ‘पार्टीले सरकारलाई भरथेग गर्ने तर सरकारले आफ्ना नेतालाई भने छानी–छानी डाम्ने’ काम गरिरहेको नेताहरुको बुझाइ छ ।

शुक्रबार संसदीय दल बैठकमा बोल्ने सांसद र संसद बैठकका लागि गएका अधिकांश कांग्रेस सांसदले यस्तै प्रकारको धारणा व्यक्त गरेका छन् ।

संसदीय दलको बैठकमा सांसद उदयशमसेर जबराले अदालतले अनुसन्धान गर्न आदेश दिएका कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र सरकारले टार्गेट गरेको भन्दै आपत्ति जनाए ।

त्यस्तै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले राज्य नचाहिँदो प्रतिशोधमा उत्रिएर टुंगिसकेको मुद्दा ब्यूँताएर सांसद सुनिल शर्मालाई पक्राउ गरेको बताए ।

कांग्रेसका सांसद श्याम घिमिरेले पनि पार्टीका सांसद शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको बताएका छन् ।

त्यस्तै कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, आरजु राणा र प्रदीप पौडेलले पनि सुनिल शर्मालाई पक्राउ गर्नुले सरकारको नियत ठिक नभएको शंका गरे । उनीहरुको एउटै बुझाइ छ– कम्युनिस्ट सरकारले छानी छानी कांग्रेस नेतालाई जेल हाल्दैछ । यस्तै हो भने कांग्रेसले सोच्नु पर्छ । सहेर बसिन्न ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved