रजनीकान्तको फिल्म रिलिजको दिन साउथ इन्डियामा किन दिइन्छ बिदा ?

पठान र आदिपुरुषपछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने फिल्म ‘जेलर’, पहिलो दिन कमायो ४५ करोड

दक्षिण भारतमा रजनीकान्तको निकै ठूलो क्रेज छ । फ्यानहरूले उनका फिल्म ‘फस्ट दिन फस्ट शो’ नै हेर्न चाहन्छन् । यसैले रिलिज हुने पहिलो दिन चेन्नई, बैंगलोरलगायत सहरमा कर्मचारीलाई बिदासमेत दिइयो।

नेपालभ्युज

रजनीकान्तको फिल्म रिलिजको दिन साउथ इन्डियामा किन दिइन्छ बिदा ?

काठमाडौं। साउथ इन्डियन सुपरस्टार रजनीकान्तको क्रेज यतिसम्म छ कि उनको फिल्म ‘जेलर रिलिज हुने पहिलो दिन बिहिबार चेन्नई, बैंगलोरलगायत सहरमा कर्मचारीलाई बिदासमेत दिइएको थियो। दक्षिण भारतमा रजनीकान्तको निकै ठूलो क्रेज छ।

फ्यानहरूले उनका फिल्म ‘फस्ट दिन फस्ट शो’ नै हेर्न चाहन्छन् । जसका कारण बिहीबार बिहानैदेखि फिल्म हलहरूबाहिर रजनीकान्तका फ्यानहरूको भीड लागेको थियो।

दक्षिण भारतमा उनै रजनीकान्तको फिल्म ‘जेलर’ले भारती बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ।

के छ रजनीकान्तको भूमिका ?

१६९ मिनेट लामो फिल्ममा रजनीकान्त रिटायर्ड जेलरको भूमिकामा छन्। पछिल्लो दुई वर्षमा यो उनको दोस्रो फिल्म हो। एक्सन–कमेडी जनराको फिल्मलाई नेल्सन दिलीपकुमारले निर्देशन गरेका हुन् ।

फिल्ममा रजनीकान्तसँगै मोहनलाल, शिव राजकुमार, ज्याकी श्रोफ, तमन्ना भाटिया, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायतका कलाकारको अभिनय रहेको छ ।

भारतमा रिलिज भएसँगै ‘जेलर’ नेपालका पनि क्यूएफएक्स, वान सिनेमाजलगायतका हलमा प्रदर्शनमा आएको छ ।

‘जेलर’ले कति कमायो ?

बिहीबार नै रिलिज भएको जेलर फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म पठान र आदिपुरुषपछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फिल्म बनेको छ।

फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु कमाइ गरेको छ भने कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेको छ। ‘जेलर’ यस वर्ष तमिलनाडुमा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ।

यस्ता छन्  फ्यानका किस्सा

सुपरस्टार रजनीकान्तलाई दक्षिण भारतमा भगवान् जसरी पूजा गर्छन्। फ्यानले उनको नाममा मन्दिर नै बनाएका छन्।

रजनीकान्तको हालसम्म झन्डै एक लाख फ्यान क्लबहरू छन्। दर्ता नगरिएका अनगिन्ती फ्यान क्लबहरू छन्।

रजनीकान्त बिरामी भए भने फ्यानहरूले मन्दिरमा हवनदेखि यज्ञसम्मको आयोजना गर्नेगर्छन्।

कयौँ पटक फिल्म फ्यानहरू हेर्दा यति उत्साहित हुन्छन् कि सिनेमा घरको पर्दा नै च्यातिदिन्छन्। जस कारण सिनेमा घरहरूमा सिक्का लैजान प्रतिबन्ध गरिएको छ।

सन् २०१६ मा रजनीको फिल्म हेर्नका लागि घोषितरुपमा छुट्टी दिइएको थियो। अहिलेको ‘जेलर’मा पनि रिलिजको दिन विभिन्न सहरहरूमा बिदा दिइयो।

‘कबाली’ फिल्म रिलिज हुँदा दक्षिण भारतका कयौँ सहरका कम्पनीले उनको चलचित्र हेर्नका लागि छुट्टीको घोषणा गरेका थिए। केही कम्पनीहरूले कर्मचारीहरूलाई निःशुल्क टिकट पनि बाँडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved