आँधीका कारण नर्वेको जनजीवन अस्तव्यस्त

नेपालभ्युज

आँधीका कारण नर्वेको जनजीवन अस्तव्यस्त

काठमाडौं । नर्वेमा ह्याम्स नामक आँधीपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ ।

राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो ।

गत सोमबार आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजारभन्दा बढी संरचना ध्वस्त पारेको छ । ग्लोमाको पानीको सतह बढ्दै गएपछि प्रहरीले स्थानीयहरुलाई उद्धार गरेको थियो । आँधी सोमबारदेखि अहिलेसम्म पनि जारी रहेको बताइएको छ ।

नर्वेजियन नेचर ड्यामेज पुल एण्ड फाइनान्स नोर्गका अनुसार नर्वेमा प्राकृतिक प्रकोपको कारण ९ सय मिलियन नर्वेजियन क्रोनर (लगभग ८८.२ मिलियन अमेरिकी डलर) बराबरको सम्पती नष्ट भएको छ ।

११४ स्थानका सडकखण्डहरू बाढी र पहिरोका कारण सम्बन्ध बिच्छेद बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved