काजोलका चर्चित फिल्म जसलाई एकपटक हेर्नैपर्छ

नेपालभ्युज

काजोलका चर्चित फिल्म जसलाई एकपटक हेर्नैपर्छ

जेन्सी । बलिउडकी अभिनेत्री काजोल एकदमै बोल्ड र मुखमै बोल्ने खालकी अभिनेत्री मानिन्छिन् । साथै उनको अभिनयले सबैको मन छुन्छ ।

१९९० को दशककी चर्चित अभिनेत्री काजोल अहिले पनि उत्तिकै चर्चामा रहिरन्छिन् । यदी तपाईंले हेर्न छुटाउनु भएको छ भने उनका केही त्यस्ता फिल्म बताउनेछौं जसलाई एकपटक अवश्य हेर्नुहोस् ।

– काजोलको ‘बेखुदी’ फिल्म सन् १९९२ मा आएको थियो । यो उनको पहिलो फिल्म थियो जसबाट उनले सबैको मन जित्न सफल भएकी थिइन् ।

– त्यस्तै सन् १९९३ मा ‘बाजिगर’ फिल्म आएको थियो । यस फिल्ममा काजोल शिल्पा शेट्टीकी बहिनी र शाहरुख खानकी पे्रमीका बनेकी थिइन् ।

-अर्को फिल्म हो ‘दिलवाले दुल्हनिया ले जाएंगे’ । जो सन् १९९५ मा आएको थियो । शाहरुखसँग काजोलको यो फिल्म ब्लकबस्टर सावित भएको थियो ।

-काजोलको फिल्म ‘गुप्त’ पनि एकदमै चर्चित फिल्म मध्य पर्छ । यसमा उनले नकारात्मक भूमिका निर्वाह गरेकी छन् जसमा पनि उनले एकदमै गजब अभिनय गरेकी छन् । यो फिल्म सन् १९९७ मा रिलीज भएको थियो ।

– अर्को फिल्म छ ‘प्यार किया तो डरना क्या’ । जसमा काजोल सलमान खानको विपरित छन् । यो फिल्म पनि एकदमै हिट भएको थियो ।
– फिल्म ‘इश्क’ पनि एकदमै रमाइलो पे्रम कहानी छ । फिल्मका उनी बाहेक जुही चावला, अजय देवगन, आमिर खान जस्ता दिग्गज कलाकार पनि थिए । यो फिल्म हिट भएको थियो ।

– अर्को भुल्नै नसकिने फिल्म छ ‘कुछ कुछ होता हे’ । यो फिल्ममा उनले शाहरुखको पे्रमिका तथा साथीको भूमिका निर्वाह गरेकी छन् । यसमा दुबैको केमेस्ट्री एकदमै मन पराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved