‘ताली’ का कारण चर्चामा छिन् सुस्मिता सेन, अभिनयबाट किन लिएकी थिइन् ८ वर्ष लामो ब्रेक ?

नेपालभ्युज

‘ताली’ का कारण चर्चामा छिन् सुस्मिता सेन, अभिनयबाट किन लिएकी थिइन् ८ वर्ष लामो ब्रेक ?

वेब सिरिज ‘ताली’ का कारण चर्चामा छिन्, बलिउड अभिनेत्री सुस्मिता सेन। सुस्मिताले सिरिजमा तेस्रो लिङ्गीको भूमिका निभाएकी छिन्। सानोमा गणेश नाम गरेका केटा पछि गौरी बन्दै केटी बन्छिन्।

सुस्मिताको वेब सिरिज ‘ताली’को ट्रेलर रिलिज भइसकेको छ। ‘ताली’ तेस्रोलिङ्गी अभियन्ता श्रीगौरी सान्तवको जीवनको आधारित छ, जुन १५ अगस्टदेखि रिलिज हुनेछ।
‘ताली’को ट्रेलर रिलिज भएदेखि नै तालीलाई सुस्मिताको करियरको सबैभन्दा पावरफुल क्यारेक्टरको रूपमा लिइएको छ।

सुस्मितालाई यो फिल्मका लागि राजी हुन निकै समय लाग्यो। करिब ६ महिनापछि सुस्मिता यो क्यारेक्टरसँग जोडिएकी थिइन्। उनले ६ महिनासम्म लगातार स्क्रिप्ट पढिरहेकी थिइन्। बलिउडमा ट्रान्सजेन्डर क्यारेक्टरहरू सधैँ पुरुषहरूले खेल्दै आएका छन्। महिलाले ट्रान्सको भूमिका निर्वाह गर्ने यो पहिलो पटक हो।

मै हुँ ना, आंखें, बीवी नम्बर १ जस्ता फिल्ममा काम गरेकी सुस्मिताले केही समयका लागि अभिनयबाट ब्रेक लिएकी थिइन्। त्यसपछि सन् २०२० मा उनले ८ वर्षपछि ‘आर्या’ नामको फिल्मबाट धमाकादार फिर्ती गरिन्।

उनै अभिनेत्री सुस्मीता सेनले इन्डियन एक्सप्रेसलाई दिएको अन्तरवार्तामा अभिनयबाट ब्रेक लिनुको कारणबारे खुलाएकी छिन्।
उनले सिङ्गल मदर भएका कारण आफूमाथि धेरै नै जिम्मेवारी हुने गरेको बताइन्। उनलाई फिल्मको सेटमा उनीबाट कम काम लिने गरेको जस्तो पनि भान हुने भएकोले

त्यतिबेला आफ्नो समय बरबाद भइरहेको जस्तो लाग्थ्यो भनेर बताएकी छिन्।

उनले भनिन्, ‘‘म सेटमा भएर पनि काम गर्न सक्दिनथेँ। मेरो ९ देखि ६ को सिफ्ट हुन्थ्यो। जुन मेरो गल्ती बिना नै ९ बजेसम्म तन्किन्थ्यो। यस्तो अवस्थामा म न त व्यावसायिक रूपमा काम गर्न सकिरहेकी थिएँ, न एक आमाको भूमिका निभाउन सकिरहेकी थिएँ। म आफ्नो समय मात्र बरबाद गरिरहेकी थिएँ र अब यस्तो गर्नु हुँदैन भन्ने मलाई लाग्यो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved