हवाई टापुको जङ्गलमा डढेलो लाग्दा ३६ जनाको मृत्यु, ११ हजारभन्दा बढीको उद्धार

नेपालभ्युज

हवाई टापुको जङ्गलमा डढेलो लाग्दा ३६ जनाको मृत्यु, ११ हजारभन्दा बढीको उद्धार

अमेरिका । अमेरिकाकाे दक्षिणी टापु हवाईको माउई जङ्गलमा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ ।

११ हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ । धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन् भने भाडा पनि घटाएका छन् ।

तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मेहम्मे परेको छ । आगोबाट हतास भएका केहीले समुद्रमा हामफाल्ने प्रयास गरेका थिए ।

राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारसँग उपलब्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved