जिया शंकर बिग बोसबाट बाहिर, एल्विश र मनीषा टप पाँचमा

नेपालभ्युज

जिया शंकर बिग बोसबाट बाहिर, एल्विश र मनीषा टप पाँचमा

एजेन्सी । बिग बोस ओटीटी २ मा ९ अगस्तका दिन मिड–वीक एविक्शन भएको छ । जहाँ टेलिभिजन अभिनेत्री जिया शंकर घरबाट बाहिर गएकी छन् ।

जियापछि अब घरमा पाँच प्रतियोगी बचेका छन्, जसमा मनीषा रानी, एल्विश यादव, अभिषेक मल्हान, पूजा भट्ट र बेबिका धुर्वे छन् । अब यिनीहरु बीच उपाधिका लागि अन्तिम भिडन्त हुनेछ ।

जिया शंकर कम भोट पाएर शोबाट बाहिरिएकी हुन् । घरबाट बाहिरिनका लागि उनीसँगै एल्विश यादव र मनीषा रानी मनोनयनमा थिए ।

जिया शंकर विगत केही हप्तादेखि नै हरेक पटक खतरामा परिरहेकी थिइन । अन्तिममा टप ६ मा पुगेर उनी मिड–वीक एविक्शनबाट बाहिरिएकी हुन् । अब ग्रान्ड फिनालेका लागि जम्मा तीन दिन मात्र बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved