अभिनेता ईशान खट्टरले तानेका थिए अमिताभ बच्चनको दाह्री

नेपालभ्युज

अभिनेता ईशान खट्टरले तानेका थिए अमिताभ बच्चनको दाह्री

एजेन्सी । बलिउडका मेगास्टार अमिताभ बच्चनले आफ्नो विशेष पहिचान बनाएका छन् । फिल्म उद्योगमा ५० वर्ष भन्दा पनि धेरै समय क्रियाशील रहेका अमिताभ बच्चन नयाँ पिढीका लागि आदर्श मानिन्छन् ।

हालै एक अन्तरवार्ताका क्रममा अभिनेता ईशान खट्टरले अमिताभ बच्चनसँगको अनुभवलाई लिएर कयौं खुलासा गरेका छन् । अन्तरवार्ताका दौरान ईशानले फिल्म ‘सूर्यवंशम’ को सेटमा अमिताभको दाह्री तानेका थिए ।

ईशान खट्टरले यो पनि बताएका छन् कि अमिताभ बच्चनले उनलाई स्कूलमा भर्ना गर्न पनि सहयोग गरेका थिए । दाह्री तानेको किस्सा रोचक छ । इशानकी आमा नीलिमा अजीम फिल्म ‘सूर्यवंशम’ मा अमिताभ बच्चनसँग काम गरिरहेकी थिइन् ।

उनी पनि आफ्नी आमासँगै सेटमा गएका थिए । ईशान खट्टरले भने, “मैले अमिताभ बच्चनलाई देखेँ र चिच्चाउन सुरु गरेँ बले मियाँ, बले मियाँ । उहाँले मलाई देख्नुभयो र हामी साथी बन्यौं । मैले उहाँको दाह्री तान्ने गर्थे ।”

आफू त्यतिबेला २–३ वर्षको मात्रै भएकाले आमासँग सेटमा जाने गरेको पनि इशानले बताए । ईशानलाई स्कूलमा एडमिशन गर्न समस्या परिरहेको थियो । त्यसैले अमिताभ बच्चनले ईशानकी आमाले जुन स्कूलमा पढाउन चाहन्छिन् त्यही आफै गएर कुरा गरेका थिए । जसले गर्दा उनको स्कूल भर्ना प्रक्रिया सहज भएको समेत ईशानले उक्त अन्तरवार्तामा बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved