इमरान खानले अब पाँच वर्षसम्म चुनाव लड्न नपाउने

नेपालभ्युज

इमरान खानले अब पाँच वर्षसम्म चुनाव लड्न नपाउने

एजेन्सी।  पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न प्रतिबन्ध लगाएको जनाएको छ ।

इमरान खानलाई हालै मात्र तोशाखाना मुद्दामा जेल पठाइएको छ । उनी विगत केही महिनादेखि पाकिस्तानका विभिन्न अदालतमा आफूविरुद्ध लगाइएको आरोपलाई चुनौती दिइरहेका थिए।

तर अन्ततः अगस्ट ५ मा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो ।

गिरफ्तार हुनुअघि रेकर्ड गरिएको बयानमा इमरान खानले आफ्ना समर्थकहरूलाई आफू पक्राउ पर्दा चुप लागेर नबस्न भनेका थिए तर चाखलाग्दो कुरा के छ भने यसपटक आफ्ना समर्थकहरूको प्रतिक्रिया पहिलेको जस्तो देखिएको छैन।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पूर्वप्रधानमन्त्रीको गिरफ्तारीविरुद्ध देशव्यापी प्रदर्शनको आह्वान गरेको छ ।

इमरान खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका थिए तर अविश्वासको प्रस्तावमा पराजित भएपछि एक वर्षअघि पदबाट राजीनामा दिनुपरेको थियो । उनीविरुद्ध एक सयभन्दा बढी मुद्दा दर्ता छन् ।

उनले देशको लागि आएका उपहार व्यक्तिगत रुपमा प्रयोग गरेको आरोप लाग्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved