बस्ती र सडकमा पस्यो धोबीखोला, सावधानी अपनाउन माइकिङ गर्दै प्रहरी (तस्वीरहरू)

बस्ती र सडकमा पस्यो धोबीखोला, सावधानी अपनाउन माइकिङ गर्दै प्रहरी (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको मैतिदेवी र अनामनगर क्षेत्रमा धोबीखोलाको बाढी सडक र बस्तीमा पसेको छ ।

अनामनगर क्षेत्रमा धोबीखोला करिडोरको सडक बन्द भएको छ ।  वरपरका वस्तीमा बाढी पसेपछि नागरिक बाहिर निस्केका छन् । नेपाल प्रहरीले खोला वरपर नजान आग्रह गर्दै माइकिङ गरेको छ ।

हिजो बेलुकादेखिको वर्षाका कारण काठमाडौंका सबैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाडौं उपत्यकाको बुढानिलकण्ठ,सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ ।

विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह उच्च छ । तटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेले उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

धोबीखोलाको बाढी तस्वीरमा हेर्नुहोस :

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved