इमरान खानको दुखेसो : सी ग्रेडको जेलमा अध्याँरो कोठामा छु, पत्रिका पढ्न पनि दिँदैनन् ।

नेपालभ्युज

इमरान खानको दुखेसो : सी ग्रेडको जेलमा अध्याँरो कोठामा छु, पत्रिका पढ्न पनि दिँदैनन् ।

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अहिले अटक जेलमा छन् ।

इस्लामावादको एक अदालतले शनिबार उनलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको हो । इमरान खान आफ्नी पत्नी बुशरा बेगमलाई भेट्न चाहन्छन् । यसका लागि उनले अधिकारीसँग आग्रह गरेका छन् ।

इमरान खानका वकिल उनलाई भेट्न हिजो सोमबार जेल पुगेका छन् । उनले वकिलमार्फत् अधिकारीलाई आफ्नो माग सुनाएका थिए ।

इमरान खानका वकिलले आफूलाई समर्थन गर्ने मानिसहरूलाई धन्यवाद दिएको बताए। वकिलहरूको टोलीमा रहेका नईम हैदरका अनुसार इमरान खानले आफूलाई सी श्रेणीको जेलमा राखिएको बताए।

एउटा सानो कोठा र खुल्ला शौचालय उपलब्ध गराइएको छ।

हैदरका अनुसार इमरान खानले भने, ‘मलाई अँध्यारो कोठामा राखिएको छ । यहाँ टिभी छैन। पत्रपत्रिका पनि दिइँदैन । कि म मर्छु तर दासत्व स्वीकार गर्दिनँ।’

इमरान खानको सजाय खारेज गर्न सर्वोच्च अदालतमा सोमबार निवेदन दिइएको छ । रिटमा सर्वोच्चको फैसला नआएसम्मको सजाय स्थगन गर्न माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved