राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा देविका पल्शिकर नियुक्त

नेपालभ्युज

राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा देविका पल्शिकर नियुक्त
तस्वीर स्रोतः देविका पाल्शिकर/फेसबुक

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय महिला टोलीकी पूर्व क्रिकेटर देविका पल्शिकरलाई राष्ट्रिय टोलीको सल्लाहकार प्रशिक्षक नियुक्त गरेको छ।

क्यानले आइतबार पाल्शिकर नियुक्त भएको बारे जानकारी गराएको हो। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारी भएको राष्ट्रिय टोलीको सल्लाहकारमा पल्शिकरलाई नियुक्त गरिएको हो।

पल्शिकरले भारतको लागि १ टेस्ट र १५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्सको पनि प्रशिक्षण गरेकी छिन्।

उनलाई भारत र बङ्गलादेशको सहायक प्रशिक्षकको रुपमा पनि चिनिन्छ। महिला टी–२० विश्वकप छनोटमा टोलीको तयारीअन्तर्गत योजना र कार्यान्वयनमा पल्शिकाको एक दशकभन्दा बढिको अनुभव रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved