गौर हत्याकाण्ड पीडितको माग सम्बोधन गर्न वार्ता टोली बनाउने प्रधानमन्त्रीको आश्वासन

नेपालभ्युज

गौर हत्याकाण्ड पीडितको माग सम्बोधन गर्न वार्ता टोली बनाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं। गौर हत्याकाण्ड पीडितको माग सम्बोधन गर्न वार्ता टोली बनाउने प्रधानमन्त्रीपुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आश्वासन दिएका छन् ।

शनिबार बिहान रौतहटको गौर हत्याकाण्डका पीडितले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने आश्वासन दिँदै पीडितले छिट्टै न्याय पाउने बताएका हुन् ।

गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन्। उनीहरूले धर्ना र प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम गररहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved