चित्रबहादुर केसीको टिप्पणी- सरकार नै लुटपाटमा लाग्यो, कसलाई के भन्नु !

नेपालभ्युज

चित्रबहादुर केसीको टिप्पणी- सरकार नै लुटपाटमा लाग्यो, कसलाई के भन्नु !

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताएका हुन् ।

उनले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभइ सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए । ‘यो राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुनचाहीँ पार्टी हो ? कुनचाहीँ व्यक्ति हो ? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई’, उनले भने, ‘तैपनि हामीले हरेश खानेकुरा भएन । यो लोकतन्त्र छ र हामीले कमसेकम जनताको बीचमा समसामयिक विषयमा कुरा गरिराखेका छौँ ।’

राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको पनि उनले बताए ।

उनले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भएपनि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकका कारण आउन नसकेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved