संवैधानिक परिषद्को बैठक निस्कर्ष विहीन, अर्को बैठक १८ गते

नेपालभ्युज

संवैधानिक परिषद्को बैठक निस्कर्ष विहीन, अर्को बैठक १८ गते

काठमाडौं । संवैधानिक परिषद्को बैठक निस्कर्ष विहीन बनेको छ । मंगलवार अपरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्ष  विहीन बनेको हो ।

नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत प्रस्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए। उनले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताए

उनले भने, ‘१८ गते ५ बजे अर्को बैठक बस्नेगरी आज हामी उठ्यौँ । प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने एजेण्डा थियो । १८ गते ५ बजे प्रधानन्यायाधीश लगायत रिक्त संवैधानिक पदहरुको बारेमा छलफल गर्ने गरी बैठक स्थगित भयो । नाममा प्रवेश नै भएन ।’

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताए । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved