जातीय विभेदका घटना बढ्दै गएको भन्दै प्रदर्शन

नेपालभ्युज

जातीय विभेदका घटना बढ्दै गएको भन्दै प्रदर्शन

काठमाडौं। जातीय विभेदका घटना बढ्दै गएको भन्दै एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ।

बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा भएको घटना लगाएतका विभेद बढ्दै जाँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पीडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौं, जातीय विभेद बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए

प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङ किसानले श्रमबाट कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै विभेद गर्नेलाई  तत्काल  कारवाही गर्नुपर्ने बताए। उनले पटक पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाए।

उनले बिभेदका घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने चेतावनी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved