राजेन्द्र लिङ्देनले राखे प्रदेश र राष्ट्रियसभा खारेजीको प्रस्ताव

नेपालभ्युज

राजेन्द्र लिङ्देनले राखे प्रदेश र राष्ट्रियसभा खारेजीको प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले प्रदेश र राष्ट्रियसभा खारेज हुनुपर्ने बताएका हुन् ।

खासगरी राष्ट्रियसभा खारेज हुनुपर्नेमा जोड दिएका उनले पछिल्लो समय नेपाली सेनामाथि आक्रमण भइरहेको भन्दै दुःख व्यक्त गरे । उनले कतिपयले सेनाबिनाको राज्य बनाउने प्रस्तावसमेत राखेको खुलासा गरे ।

उनले राष्ट्रिय सभासँगै वडा सदस्यसम्म घटाउनुपर्ने तर्क अघि सारे ।

अध्यक्ष लिङदेनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved