करिब ३० अंकले घट्यो नेप्से

नेपालभ्युज

करिब ३० अंकले घट्यो नेप्से

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अंकले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो ।

आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कूल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार सात सय ८० रुपैयाँमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ५७ लाख ५९ हजार नौ सय ६६ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स आठ करोड ३६ लाख ६० हजार पाँच सय ७३, प्रोगेसिभ फाइनान्स छ करोड ८० लाख ७७ हजार, नेपाल पुनरबीमा कम्पनी छ करोड ११ लाख ७१ हजार र एभरेष्ट बैंक छ करोड तीन लाख ८० हजार छ सय १६ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, एनआइसी एशिया फ्लेक्स फण्ड सात दशमलब ३९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ९०, इमर्जिङ नेपाल पाँच दशमलव ६६, अभियान लघुवित्त पाँच दशमलव ६१ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य चार दशमलव शून्य नौ प्रतिशतले बढेको छ ।

यस्तै, किसान लघुवित्त आठ दशमलव ६८, प्रोगेसिभ फाइनान्स चार दशमलव ९८, माइ खोला हाइड्रोपावर चार दशमलव ९०, मिथिला लघुवित्त चार दशमलव ६७ र बरुण हाइड्रोपावरको शेयर मूल्य  चार दशमलव २० प्रतिशतले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved