हिताचीले नेपाली बजारमा ल्यायो वासिङ मेसिन सहित चार नयाँ उत्पादन

नेपालभ्युज

हिताचीले नेपाली बजारमा ल्यायो वासिङ मेसिन सहित चार नयाँ उत्पादन

काठमाडौं । हिताचीले नेपाली बजारमा चारवटा होम अपलायन्स  भित्र्याएको छ।

अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीले ती चार उत्पादनको बुधबार अनावरण गरे।

कम्पनीले दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकर सहित चार वटा नयाँ उत्पादनहरू बजारमा ल्याएको हो।

कम्पनीले ८ र ९ केजी क्षमताको फुल अटोमेटिक र फ्रन्ट–लोडिङ सुविधाको वासिङ मेसिन ल्याएको हो। यसमा स्टीम फंक्शन, ट्याङ्गल–फ्रीफिनिश डिजाइन र एड गार्मेन्ट ड्युरिङ वाशको सुविधा समेत रहेको छ।

२७५ लिटर क्षमताको राउण्ड एयर कुलिङ ट्रिपल पावर फिल्टर जडित फ्रिजमा फ्लेक्सिबल फ्रेश सेलेक्ट फिचर छ। जसले उपभोक्ताहरूलाई आफ्नो भण्डारण आवश्यकताहरू पूरा गर्न फ्रिजको खण्डलाई रुचिअनुसार कस्टुमाइज गर्नसक्छन्।

यस्तै कम्पनीले ल्याएको ८००–वाटको राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ। यसमा रहेको थ्रीडी हिटिङ एलेमेन्टले राम्रोसँग खाना पाकी १२ घण्टासम्म तातो र ताजा राख्ने कम्पनीको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved