निलम्बनमा परे पत्रकार कुट्ने रास्वपाका बझाङ संयोजक

नेपालभ्युज

निलम्बनमा परे पत्रकार कुट्ने रास्वपाका बझाङ संयोजक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ ।

खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनील मण्डललाई अपहरण गरी होटेल होली डे इनमा लगेर कुटपिट गरेको समाचार बाहिरिएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डललाई आक्रमणको आरोप लागेपछि निलम्बन गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

ढकालले भने, ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ ।’

उनले अनुशासन समितिले थप अनुसन्धान गर्ने बताए  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved