‘डिसहोम गो’ एपमा चर्चित कोरियन सिरिजको मेला

नेपालभ्युज

‘डिसहोम गो’ एपमा चर्चित कोरियन सिरिजको मेला

काठमाडौं। विश्वभरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्तामाझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरूको मनोरञ्जनलाई ध्यानमा राखेर डिसहोमले DH GO App मा लोकप्रिय कोरियन सिरिजहरू समावेश गरेको हो ।

Goblin, The Lonely and Great God, My Little Baby, Richman, King in the love, Melting Heart, Kill Me Heal Me, आदि जस्ता चर्चित कोरियन सिरिजहरू डिसहोमको न्इ ब्उउ मा उपलव्ध रहेको छ । यी कोरियन सिरिजहरूले नेपाली दर्शक लाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

यस्तै, डिसहोमको GO App मा १५० भन्दा बढी लाइभ टिभी च्यानलहरू पनि हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरू हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ ।

‘डिसहोम गो (DishHome GO)’ एपमा लाइभ टीभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरू हेर्न सकिन्छ । ग्राहकहरूलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरू पनि थप्दै जाने योजना बनाइरहेको छ ।

यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved