माइतीघरमा ब्युटिसियन संघको प्रदर्शन (तस्वीरहरू)

माइतीघरमा ब्युटिसियन संघको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। ब्युटिसियन पेसालाई बदनाम गर्नेगरी अभिव्यक्ति दिएको र राज्य शक्तिको चरम दुरुपयोग गरी प्रचारबाजी गराउने काम भएको भन्दै आज मंगलबार ब्युटिसियनहरू विरोधमा उत्रिएका छन्।

अध्यागमन विभागमा कार्यरत एक महिला शाखा अधिकृतले केएल टावरमा अवस्थित एक युनिसेक्स पार्लरमा गरेको व्यवहार र व्यक्त अभिव्यक्तिले  ब्युटिसियन पेसामाथि नै आँच आउनेगरी झुटो आरोप लगाई प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै आज नेपाल ब्युटिसियन संघले माइतीघरमा प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा उनीहरूले ट्रेड युनियन अधिकार जिन्दावाद, नेपाल ब्युटिसियन संघ जिन्दावाद , गृहको कर्मचारी ले अनैतिक दबाब दिन मिल्दैन, सम्मानजनक पेशा व्यवसाय गर्न पाउँ, गृह जनताको हो कर्मचारीको हैन, गृह सचिवले पदीय दुरुपयोग गर्न पाउँदैन, गृहको उच्च पदाधिकारीबाट गरिएको चरम पदिय दुरुपयोग बन्द गर, पदको दुरुपयोग गरी प्रहरी परिचालन गर्न मिल्दैन जस्ता नाराहरू सहितका प्ले कार्डहरू बोकेका थिए ।

तस्वीरहरू:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved