विप्लवले भने- माओवादी नेतृत्वको सरकारप्रति गर्व छ

माओवादीको महासचिव बन्ने तयारीबारे बोल्न चाहेनन्

नेपालभ्युज

विप्लवले भने- माओवादी नेतृत्वको सरकारप्रति गर्व छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले गरेका कामबाट खुसी भएको बताएका छन् । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनले सरकारप्रति यस्तो प्रतिक्रिया दिएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अहिलेको सरकारले गरेका कामको प्रशंसा गरेका हुन् । खासगरी सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानप्रति उनले गर्व गरेका हुन् ।

‘भ्रष्टाचारविरोधी लडाइँमा सरकार आफैं सहभागी हुनु राम्रो हो’, उनले भने, ‘सरकारको कामले हामी पनि खुसी छौं । सरकारलाई हामीले सडकबाट साथ पनि दिइरहेका छौं ।’

उनले भ्रष्टाचार मौलाउनुमा पुँजीवादी व्यवस्था मुख्य दोषी रहेको बताए ।

माओवादीको महासचिव बन्न लागेको चर्चाबारे कार्यक्रममा सहभागीले राखेको जिज्ञासामा उनले प्रतिक्रिया दिन चाहेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved