ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीद्वारा पुनः विश्वस्तरीय नतिजा ल्याउन सफल

नेपालभ्युज

ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीद्वारा पुनः विश्वस्तरीय नतिजा ल्याउन सफल

काठमाडौं। ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरूले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनः विश्वस्तरीय नतिजा ल्याएका हुन्।

बीपीसीमा अध्ययनरत विद्यार्थीहरू दिपांशु थापा र हर्षवर्द्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा विश्वस्तरीय नतिजा ल्याएका हुन्। थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हासिल गरे भने ९७ प्रतिशत अंक ल्याएर शाह तेस्रो भए। त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेस रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका छन्।

यसअघि, बीपीसीमा अध्यायन गरेका विद्यार्थीहरू रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए। पूर्वविद्यार्थीहरूको पाइला पछ्याउँदै यसपटक पनि कलेजका तीन विद्यार्थीहरूले राम्रो नतिजा ल्याएका हुन्।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो। विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनीय उपलब्धि हो।

कार्यकारी प्रिन्सिपल, प्रोफेसर मेरी विशपले कठिन परिक्षामा विद्यार्थीहरूको नतिजा असाधरण रहेको बताइन्। एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्व निर्देशकसमेत रहेकी उनले भनिन्, ‘यो परीक्षा निकै कठिन हुन्छ, यस्तो परिक्षामा विश्वकै उत्कृष्ट बन्नु असाधरण हो। विद्यार्थीहरूलाई उनीहरूको उपलब्धि र प्रतिबद्धताको लागि बधाई दिन चाहन्छु। साथै, विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने शिक्षकहरूलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गर्दछ।’

निरन्तर विश्वस्तरीय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ। प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरूलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो। त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धिसमेत हो।

विद्यार्थीहरूको सफलताबारे बोल्दै ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले आफूहरूले निरन्तर स्तरिय शिक्षा प्रदान गरिरहेको बताए। उनले भने, ‘हामी गुणस्तरीय शिक्षामा केन्द्रित रहेको कुरा यी नतिजाहरूबाट पनि प्रष्ट हुन्छ। यही उपलब्धिको कारण अब हामीले सीमित संख्यामा मात्रै भर्नाहरू लिने भएका छौं। साथै, हाम्रा विद्यार्थीहरूले अन्य यस्तै विश्वस्तरीय नतिजा ल्याउने पर्खाइमा छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved