जेलबाट छुटेको साढे ४ महिनापछि मल्लिकासँग पलले खेले भिडिओ

उनी जेलबाट छुटेको साडे ४ महिनापछि बल्ल मल्लिकासँग भिडिओ खेलेका छन्। पल र मल्लिकालाई सँगै हेर्न चाहने दर्शकहरूको चाहना पूरा हुने भएको छ।

नेपालभ्युज

जेलबाट छुटेको साढे ४ महिनापछि मल्लिकासँग पलले खेले भिडिओ

काठमाडौं। पल शाह र मल्लिका महत नेपाली म्युजिक भिडिओका सबैभन्दा हिट जोडी हुन्।

‘टाढा भए पनि’, ‘तिम्रो मनमा एक कान्छा’, ‘फुलबुट्टे सारी’, ‘आँखामा आउने सपनी’,जस्ता थुप्रै गीतमा यो जोडीको अभिनयलाई दर्शकले अत्यधिक रुचाएका छन्।

१५ फागुनमा २०७८ मा पल शाह जेल पुगे। ठिक एक वर्षपछि १५ फागुन २०७९ मा उनी निर्दोष साबित हुँदै छुटे।

पल जेलबाट छुटेलगतै पल उनले मल्लिकासँग नै पहिलो भिडिओ खेल्ने अनुमान गरिएको थियो। तर, पलले नयाँ मोडल सनिसा भट्टराईसँग भिडिओ खेले।

उनी जेलबाट छुटेको साढे ४ महिनापछि बल्ल मल्लिकासँग भिडिओ खेलेका छन्। पल र मल्लिकालाई सँगै हेर्न चाहने दर्शकहरूको चाहना पूरा हुने भएको छ।

गायिका अनिता चलाउने र गायक खेम सेन्चुरीले गाएको गीतमा दुई दिन लगाएर मनोहरा किनारमा सुटिङ भएको छ। ‘उमेर यस्तै हो कि जोवन त्यस्तै’ बोलको केही दिनमा अनिता चलाउनेको युट्युब च्यानलबाट सार्वजनिक हुने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved