सुन बरामद प्रकरण

भन्सार अधिकृतसहित तीन कर्मचारी निलम्बन गर्न विभागको सिफारिस

नेपालभ्युज

भन्सार अधिकृतसहित तीन कर्मचारी निलम्बन गर्न विभागको सिफारिस

काठमाडौं । भन्सार विभागले करिब सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत सन्तोष चन्दसहित तीनजनालाई निलम्बन गर्न सिफारिस गरेको छ ।

अवैध सुन जाँच, पास गर्न सघाएको शंकामा विभागले उनीहरुलाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो ।

बुधबार राजस्व अनुसन्धान विभागले विमानस्थल बाहिरबाट करिब सय किलो अवैध सुन बरामद गरेको थियो । यस घटनामा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved