बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैनः नेता महत

नेपालभ्युज

बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैनः नेता महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताएका छन् । बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको बताए । उनले विगतमा भित्र एउटा र बाहिर अर्को हुने कुरालाई लाइभका कारण रोकिने विश्वास लिएको बताए। उनले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताए ।

अर्थमन्त्री एवं काँग्रेस प्रवक्ता महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुने कुरा केन्द्रिय समितिको बैठकमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताए । पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उनले काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताए ।
‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अफ्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ’ उनले भने, ‘सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ । भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन् ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रामहरि खतिवडाले काँग्रेसमा महिलाको क्रियाशील सदस्य ३३ प्रतिशत नै पुर्‍याउनुपर्ने बताए । दलितको १४ प्रतिशत रहेको र त्यही अनुसार सबैको प्रतिनिधित्व गराउनुपर्ने बताए । उनले केही क्षणका लागि हुने मुद्दामा पार्टी केन्द्रित नहुने बताए । उनले क्रियाशील सदस्य पार्टीको जग बलियो बनाउनका लागि भएको बताए ।

बैठकपछि बोल्दै नेता नैनसिंह महरले कोशी सरकारको नामाकरण र पछिल्लो कोशी प्रदेश सरकार निर्माणको विषयमा उठेका प्रश्नको उत्तर खोज्नुपर्ने कुरा आफूले समितिमा उठाएको बताए । उनले केन्द्रिय समितिको बैठक लाइभ गरेको विषय राम्रो भएको बताए ।  बैठकको लाइभ गर्नाले सूचना प्रशारणमा सहयोग पुगेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved