कुहिरोमा लुकामारी गर्दै चन्द्रागिरि केबलकार

कुहिरोमा लुकामारी गर्दै चन्द्रागिरि केबलकार

काठमाडौं । चन्द्रागिरि डाँडाबाट विभिन्न हिमश्रृंखलादेखि उपत्यकाका फाँटसम्म देखिन्छन्। त्यहाँसम्म पुग्न बनाइएको केबलकारबाट यात्रा गर्दाको मज्जा त झन छुट्टै छ।

डाँडाको शिरानमा भालेश्वर महादेवको मन्दिर छ। सँगै नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सालिक छ। त्यही ठाउँबाट आकाश खुलेका बेला हिमालदेखि समथर फाँटसम्म देखिन्छ।

अझ रमाइलो त के छ भने कहिले कुहिरो भित्र त कहिले कुहिरोमाथि हुँदै केबलकारबाट सरर उक्लनु र ओर्लनुको मजै बेग्लै छ। जाडो महिनामा हिउँको मज्जा लिन जाने युवा पुस्ता बर्खायाममा  कुहिरोसँग लुकामारी गर्न रुचाउँछन्।

झन्डै तीन किलोमिटर लामो दुरी पार गर्ने केबलकारको ३६ वटा गोन्डलाले कहिले कुहिरोको घुम्टो ओढ्छ, कहिले स्पष्ट देखिन्छ त कहिले हुस्सुमा हराउँछ। पछिल्लो समय फेसबुक र टिकटकमा कुहिरोभित्रको यही केबलकारको सुन्दरता र आफ्नो फोटो भिडिओ पोस्ट गर्न लालायित युवा पुस्ताको ताँती देखिन्छ।

हेरौँ, कुहिरोको घुम्टोभित्र केबलकार लुकामारी गर्दाको केही दृश्य।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved