विधेयक पारित भएको खुसीयालीमा विजय जुलुस

नेपालभ्युज

विधेयक पारित भएको खुसीयालीमा विजय जुलुस

काठमाडौं ।  मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक  पारित भएको खुसीयालीमा मिटरब्याजीपीडितले मधेस प्रदेशका जिल्लामा विजय जुलुस निकालेका छन्।

मिटरब्याजीपीडित संघर्ष समितिको आयोजनामा सप्तरी, धनुषा, महोत्तरी, सिराहा, बारा, पर्साका पीडितहरूले जुलुस  निकालेर  कानुन कार्यान्वयन गर्न   माग पनि गरेका हुन् ।

संघर्ष समिति सप्तरीका संयोजक तयाब अलीले मिटरब्याजसम्बन्धी विधेयक पास हुनु मिटरब्याजीपीडितको ठूलो सफलता भएका बताउँदै  सरकारले बनाएको कानुन तत्काल लागू गरेर कार्यान्वयन गर्न समेत आग्रह गरे  ।

आइतबार प्रतिनिधिसभाको बैठकबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० संशोधनसहित पारित भएसँगै  मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने बाटो खुलेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved