आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, ठूलो अंकले बढ्यो नेप्से

नेपालभ्युज

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, ठूलो अंकले बढ्यो नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन् । नेप्से सोमबार ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ।

सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बीपीडब्यू लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको कारोबारमा आज सकारात्मक सर्किट लागेको छ । कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ, सानिमा लार्ज क्याप फन्डसहितका धितोपत्रको मूल्य भने घटेको छ ।

आज उपसमूहतर्फ रहने १३ वटा समूहमा एकबाहेक सबैको सेयरमूल्य बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved