फोहोर बोकेर बञ्चरेडाँडा गएका उपत्यकाका गाडी रोकिए, स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिए

नेपालभ्युज

फोहोर बोकेर बञ्चरेडाँडा गएका उपत्यकाका गाडी रोकिए, स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिए

काठमाडौँ । बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध  गरिएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि सोमबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।

ककनी गाउँपालिका ३ का वडाध्यक्ष घननाथ बजगाईंले फोहोर र मानिसलाई सँगै राख्‍न नमिल्ने भन्दै आफूहरुले पटक पटक राखेको माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको बताए ।

वडाध्यक्ष बजगाईंसहितको जनप्रतिनिधिको टोली र  स्थानीयवासीले  अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved