पुरानो बानेश्वरमा खुल्यो ‘केश द युनिसेक्स सलोन’

नेपालभ्युज

पुरानो बानेश्वरमा खुल्यो ‘केश द युनिसेक्स सलोन’

काठमाडौं। पूजा बराइली, ती श्रृगार व्यवसायीको नाम हो, जसको अगाडि र पछाडि कुनै विशेषण चाहिँदैन। थाइल्यान्डका विभिन्न अवसर छाडेर स्वदेशमै श्रृगार पेसामा लागेकी उनको नाम नै एउटा बोल्ड परिचय हो।

नयाँ काम सिक्न चाहना भएकी पूजा बराइली छोटो समयमै सफल उद्यमीका रूपमा पहिचान बनाउने प्रयासमा छिन्। लामो समयदेखि थाइल्यान्डमा सलोन सम्बन्धी ब्यावसाय गरेकी उनले नेपालमै उद्यम थालेकी छिन्।

श्रृगार व्यवसायी पूजा बराइलीले आफ्नो एकलौटी लगानीमा पुरानो बानेश्वर चोकमा ‘केश द युनिसेक्स सलोन’ खोलेकी छिन्। आकर्षक डेकोरेशनसहितको भव्य सलोनको उद्घाटन शुक्रबार चर्चित अभिनेत्री स्वस्तिमा खड्काले उद्घाटन गरिन्।

श्रृगार व्यवसायी पूजा बराइलीले हेयर कटिङ मास्टर भारतबाट ल्याएर ग्राहकहरूलाई सेवा दिन थालेकी छिन्। उनले सैलुनमा १५ भन्दा बढीलाई रोजगारी दिएकी छिन्।

थाइल्यान्डबाट फर्किएर स्वदेशमै उद्यम थालेकी उनी भन्छिन्, ‘‘थाइल्यान्डमा नेपालीलाई बिजनेस गर्न अलि गाह्रो थियो। फेरि मलाई आफ्नै देशमा केही गर्ने हुटहुटी थियो। यसैले थाइल्याण्डभन्दा नेपालकै मोह बढी भयो। अनि नेपालमै व्यवसाय गरेर बस्ने सोच आयो। यसैले नेपालमै युनिसेक्स सलोन खालेको हुँ।’’

सलोनमा महिला तथा पुरुषको लागि सलोनसम्बन्धि सबै सेवाहरू दिइने छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved